सानेपामा कडा सुरक्षाबीच पार्टी कार्यालय देउवा

  • Clock icon
    २०८२ आश्विन २८, मंगलवार

भदौ २३ र २४ को आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक पार्टी कार्यालय सानेपा पुगेका छन् ।

मंगलवार बस्ने केन्द्रीय समिति बैठकमा सहभागी हुन देउवा सानेपा पुगेका हुन् । देउवा उपस्थित भएपछि कांग्रेस पार्टी कार्यालय सानेपमामा सुरक्षा व्यवस्था कडा गरिएको छ ।

पार्टी कार्यालयमा सभापति देउवाबाहेकको गाडीलाई प्रवेश नदिन उपसभापति पूर्णबहादुर खड्काले निर्देशन दिएका छन् । देउवा एकछिन बैठकमा उपस्थित भएर केहीबेरमा निस्किने तयारी रहेको स्रोतले बतायो ।

भदौ २४ गतेको आन्दोलनमा देउवामाथि घरमै आक्रमण भएको थियो । घाइते देउवालाई १४ ठाउामा टाँका लगाउनु परेको थियो ।

यसअघि स्वास्थ्यका कारण भन्दै पदाधिकारी बैठकमा देउवा उपस्थित भएका थिएनन् ।