सुन–चाँदीको मूल्यमा भारी गिरावट, छापावाल सुन तोलामा २ लाख ४१ हजार

आइतबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। आज एकैदिन छापावाल सुनको मूल्य ११,६०० रुपैयाँले घटेर तोलामा २ लाख ४१ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत कार्तिक ३ गते छापावाल सुनको मूल्य २ लाख ५३ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो। त्यसयता सार्वजनिक बिदा परेकाले सुनको नयाँ मूल्य तोकिएको थिएन।

साथै आज चाँदीको भाउ पनि २६५ रुपैयाँले घटेर तोलामा ३,०१५ रुपैयाँ कायम भएको छ। गत कार्तिक ३ गते चाँदीको मूल्य ३,२८० रुपैयाँ रहेको थियो।