नेपाल अमेरिकासँग पराजित

आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत पाँचौँ सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत पाँचौँ सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ ।

आइतबार भएको खेलमा नेपाल अमेरिकासँग १०७ रनले पराजित भएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपालले ३९ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १५६ रन बनायो ।

नेपालका लागि आसिफ शेखले ३७ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले नट आउट ४० रन बनाए । नेपालका आरिफले २० रन बनाउँदा भीम सार्कीले २९ रनको योगदान गरे ।

अमेरिकाका लागि हर्मित सिंहले सर्वाधिक ६ विकेट लिए । ८ ओभर एक बल बलिङ गरेका उनले २७ रन
खर्चिए ।  त्यस्तै शुभम रन्जनले दुई विकेट लिँदा रुहिल गार्करले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन बनाएको थियो । अमेरिकाका लागि स्मिथ पटेलले ७५ रनको अर्धशतकीय पारी खेले ।

१०० बल खेलेका उनले ५ चौका प्रहार गरे । त्यस्तै मिलन्थ कुमारले पनि ७० रनको अर्धशतकीय पारी खेले । ५० बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे ।

अमेरिकाका लागि साइतेजा मुकामल्लाले ४२ रन बनाउँदा शुभम रन्जानेले १९ रन बनाए । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए ।

त्यस्तै सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले एक(एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै अमेरिका २१ खेलबाट ३० अंक जोडेर लिग२ को अंक तालिकाको शीर्ष स्थानमा छ । नेपालको १७ खेलबाट १२ अंक छ ।