नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा झरेको छ, जसमा एकै दिन २९०० रुपैयाँको गिरावट आएको हो।
साता भरको उतार–चढावलाई हेर्दा आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको थियो भने सोमबार २००० रुपैयाँले घटेको थियो।
यसैगरी चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार सोमबार चाँदीको मूल्य तोलामा २ हजार ९८० रुपैयाँमा कायम थियो, जुन मंगलबार घटेर २ हजार ९२० रुपैयाँ पुगेको छ।
