सुन फेरि ओरालो, चाँदीले फर्कायो बढोत्तरीको लय

  • Clock icon
    २०८२ कार्तिक १२, बुधबार

नेपालको सुन बजारमा बुधबार पनि मूल्य घट्ने क्रम जारी रहेको छ। मंगलबार एकैदिन प्रतितोला २९ सय रुपैयाँले सस्तो भएको सुन आज फेरि ७०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि मंगलबार उक्त मूल्य २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसपटक, चाँदीको मूल्य भने उकालो लागेको छ। मंगलबार प्रतितोला २ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४५ रुपैयाँले बढेर २ हजार ९६५ रुपैयाँ पुगेको छ।

  • Clock icon
    २०८२ कार्तिक १२, बुधबार