भारतको तेलंगनामा सवारी दुर्घटना : २० जनाको मृत्यु

  • Clock icon
    २०८२ कार्तिक १७, सोमबार

भारतको  तेलंगनाको रंगा रेड्डी जिल्लामा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ ।

यो दुर्घटना सोमबार बिहान रंगा रेड्डीको चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट नजिक भएको हो ।

दुर्घटनामा बसमा सवार २० जनाको मृत्यु भएको छ भने २० जना घाइते छन् । घाइतेहरुमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ ।

तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै राहत र उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुस्ख व्यक्त गर्दै पीडित परिवारलाई राहत घोषणा गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरूलाई पचास हजार रुपैयाँ प्रदान गरिनेछ । यो रकम प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दिइने जनाइएको भारतिय सञ्चार माध्यमले जनाएको छ ।

  • Clock icon
    २०८२ कार्तिक १७, सोमबार