एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मा सुजित कुमार शाक्य नियुक्त भएका छन् ।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले रिक्त सिइओ पदमा शाक्यलाई नियुक्ती गरेको कम्पनीले नेपाल स्टक एक्सचेन्ज -नेप्से मार्फत शेयरधनीहरुलाई जानकारी दिएको छ ।
शाक्यसँग भएको सम्झौता अनुसार आगामी ३० दिनभित्र उनले काम सुरु गर्ने बताइएको छ ।
रोशन कुमार न्यौपानले राजिनामा दिएसँगै बैंकले सन्तोष कुमार राठीलाई निमित्त सिइओ जिम्मेवारी दिएको थियो ।
