बिन्धवासिनी हाइड्रोपावरले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने

  • Clock icon
    २०८२ कार्तिक १८, मंगलवार

बिन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको लागि शतप्रतिशत (१:१ अनुपातमा) हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठक कात्तिक १७ मा सम्पन्न भएको थियो।

कम्पनीका अनुसार, हकप्रद शेयरको उद्देश्य कम्पनीको दायित्व भुक्तानी गर्नुका साथै जलविद्युत आयोजनामा थप लगानी जुटाउने रहेको छ।

यो प्रस्ताव नियामक निकाय धितोपत्र बोर्डको स्वीकृति प्राप्त भएपछि, कम्पनीले आगामी साधारण सभामा अनुमोदनको लागि पेश गर्ने जनाएको छ।

  • Clock icon
    २०८२ कार्तिक १८, मंगलवार