नेपालमा पहिलो पटक मोबाइल डाटा र जीवन तथा क्रिटिकल इलनेस बीमालाई एउटै प्याकेजमा उपलब्ध गराउने ‘डेटा संगै जीवन बीमा’ सेवा एनसेल र मेटलाइफ नेपालबीचको साझेदारीमार्फत सुरु भएको छ।
यस नयाँ सेवाअन्तर्गत एनसेलका ग्राहकले दुई विशेष प्याकेजबाट रोजाई गर्न सक्नेछन्:
- रु ९९ प्याक: ३ दिनको लागि १००एमबी डाटा, ३० दिनको लागि टर्म लाइफ बीमा रु २ लाख र क्रिटिकल इलनेस बीमा रु २ लाख।
- रु ३९ प्याक: ३ दिनको लागि १००एमबी डाटा, ३० दिनको लागि टर्म लाइफ बीमा रु ५०,००० र क्रिटिकल इलनेस बीमा रु ५०,०००।
ग्राहकले यो प्याक एनसेल एपमार्फत सिधै खरिद गर्न सक्नेछन् वा 1234*6# डायल गरेर पनि सब्सक्राइब गर्न सकिन्छ। टर्म लाइफ बीमा सब्सक्रिप्सन पछि तुरुन्त सक्रिय हुन्छ भने क्रिटिकल इलनेस बीमाको लागि ३० दिनको वेटिङ अवधि लाग्नेछ।
एनसेलका मुख्य उपभोक्ता व्यवसाय अधिकृत उपांगा दत्ताले भने, “यो साझेदारीले ग्राहकहरूको सुरक्षा र वित्तीय पहुँच दुवै बढाउने सामाजिक प्रतिबद्धता हो। हाम्रो उद्देश्य ग्राहकलाई सरल, डिजिटल माध्यममार्फत बीमा सुविधा उपलब्ध गराउनु हो।”
मेटलाइफ नेपालका मुख्य वितरण अधिकृत अरुण बहादुर बस्नेतले भने, “सुरक्षा प्रत्येक व्यक्तिको अधिकार हो। अब सानो डाटा खरिदले पनि तपाईं र तपाईंको परिवारलाई दीर्घकालीन सुरक्षा प्रदान गर्न सक्छ।”
एनसेलले नेपालमा २००४ मा स्थापना भई २००५ देखि सेवा सञ्चालन गर्दै आएको छ। हाल कम्पनी १०० प्रतिशत नेपाली स्वामित्वमा पुगेको छ र डिजिटल सेवाहरू तथा सामाजिक विकासमा योगदान गर्दै आएको छ। मेटलाइफ नेपाल २००१ देखि नेपालमा बीमा सेवा प्रदान गर्दै आएको छ।
यस सेवा मार्फत आर्थिक पहुँच नभएका समुदायसम्म पनि बीमा सुविधा पुर्याउने, सस्तो मूल्य, पूर्ण डिजिटल प्रक्रिया र समान पहुँच सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
