सर्वोच्चको फैसला बाँकी छदै अफताब आलमको मृत्यु

  • Clock icon
    २०८२ कार्तिक २२, शनिबार

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु भएको छ।

गएराति २ः५८ बजे काठमाडौँ मेडिकल कलेज उनको मृत्यु भएको चिकित्सकलाई उदृत गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

उनको शव अन्तिम दाहसंस्कारका लागि रौतहटको राजपुरतर्फ लगिएको छ।

मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटे लगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो।

त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो। २०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इट्टाभट्टामा जलाएको आरोप आलममाथि थियो।

उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।

तर उक्त फैसला उच्च अदालतले उल्ट्याउँदै आलमसहित सबै प्रतिवादीहरुलाई सफाइ दिएको थियो।

आलमले जिउँदै मान्छे जलाएको र घटना भएको भन्ने प्रमाणले पुष्टि नभएको उच्च अदालतको दाबी छ।

उच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन भइसकेको छ।

सर्वोच्चको फैसला आउन बाँकी छ।

 

 

  • Clock icon
    २०८२ कार्तिक २२, शनिबार