सूर्यज्योति लाइफको नाफा झल्कियो उज्यालो, पहिलो त्रैमासमा ११% वृद्धि

  • Clock icon
    २०८२ कार्तिक २५, मंगलवार

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनासम्ममा सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले नाफामा दोहोरो अंकको वृद्धि गर्न सफल भएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार असोज मसान्तसम्म १२ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ११ प्रतिशतले बढी हो। गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ११ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १८.७४ प्रतिशतले बढ्दै २ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी १२.२८ प्रतिशतले वृद्धि भई ३ अर्ब ९५ करोड ५० लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, कम्पनीको कुल दाबी भुक्तानी १४.८२ प्रतिशतले बढेर ३ अर्ब २६ करोड ९५ लाख रुपैयाँ पुगेको छ। सोही अवधिमा कुल खर्च पनि १२.१७ प्रतिशतले बढ्दै ३ अर्ब ७६ करोड ९८ लाख रुपैयाँ पुगेको छ।

असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी (EPS) १० रुपैयाँ २२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ४२ पैसा रहेको छ। त्यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात (P/E Ratio) ३९.८६ गुणा रहेको विवरणमा उल्लेख छ।

५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ति कोष ४२ करोड ५७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ १ अर्ब ४ करोड १९ लाख रुपैयाँ, र अन्य इक्विटी २५ करोड ७३ लाख रुपैयाँ रहेको छ।

  • Clock icon
    २०८२ कार्तिक २५, मंगलवार