पियोर इनर्जी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको नाफामा उल्लेखनीय वृद्धि भएको छ, यद्यपि विद्युत बिक्री आम्दानी केही घटेको देखिन्छ।
समीक्षा अवधिमा कम्पनीले रु. ९० लाख ५ हजार खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको रु. ५२ लाख ५ हजारको तुलनामा ७१.२ प्रतिशतले वृद्धि हो।
विद्युत बिक्री आम्दानी अघिल्लो वर्षको रु. ६ करोड ६२ लाखबाट घटेर यस वर्ष रु. ६ करोड ५५ लाखमा पुगेको छ। तर कुल खर्चमा उल्लेखनीय कटौती हुँदा नाफा बढ्न सहयोग पुगेको छ। कम्पनीको कुल खर्च अघिल्लो वर्षको रु. ६ करोड ८ लाखबाट घटेर यस वर्ष रु. ५ करोड ६२ लाखमा सीमित भएको छ।
कम्पनीको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी (EPS) रु. ४.५० रहेको छ भने प्रतिशेयर नेटवर्थ रु. १०१.६१ कायम भएको छ। यस अवधिमा कम्पनीको चुक्ता पूँजी रु. ८० करोड रहेको विवरणमा उल्लेख गरिएको छ।
