एनसेलको ‘११ः११ एप अफर’: भाग्यशाली ११ जनालाई ११ जीबी डेटा उपहार

  • Clock icon
    २०८२ कार्तिक २५, मंगलवार

एनसेल आजबाट सुरु भएको ‘११ः११ एनसेल एप क्याम्पेन’ मार्फत आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर लिएर आएको छ। यस विशेष अफरअन्तर्गत भोलि एनसेल एपमार्फत रु. २०० वा सोभन्दा बढीको रिचार्ज वा प्याक खरिद गर्ने ग्राहकहरूमध्ये ११ जना भाग्यशालीले ११ जीबी निःशुल्क डेटा पाउनेछन्। उक्त डेटा ११ दिनको लागि मान्य हुनेछ।

एनसेलले यो अफरलाई विश्वव्यापी रूपमा चर्चित “११ः११ उत्सव” सँग जोड्दै एकदिने विशेष अफरका रूपमा ल्याएको हो। कम्पनीका अनुसार, यसको उद्देश्य प्रिपेड ग्राहकहरूलाई डेटाले पुरस्कृत गर्नुका साथै ११ः११ ट्रेन्डसँग मेल खाने रमाइलो र इन्टरएक्टिभ अनुभव प्रदान गर्नु हो।

‘वन स्टप सेल्फ–केयर एप’ का रूपमा परिचित एनसेल एपमार्फत ग्राहकहरूले भ्वाइस र डेटा प्याक खरिद गर्न, अनलाइन रिचार्ज गर्न, मासिक बिल हेर्न, बाँकी सेवाहरू जाँच गर्न, रोमिङ सेवाहरू सक्रिय वा निष्क्रिय गर्न तथा गिफ्टका रूपमा प्याक पठाउन सक्छन्।

त्यसका साथै एपमा अनलाइन तथा अफलाइन गेमहरू खेल्ने, समाचार हेर्ने लगायतका अन्य मनोरञ्जनात्मक सुविधाहरू पनि उपलब्ध छन्। प्रयोगकर्ताहरूले एनसेल एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गरी सेवाहरूको फाइदा लिन सक्नेछन्।

११ः११ चीनबाट सुरु भएको विश्वकै सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सव हो, जसले अहिले विश्वव्यापी रूपमा ट्रेन्डको रूप लिएको छ। ठूलो परिमाणका सेल, फ्ल्यास डिल, काउन्टडाउन अफर र सीमित समयका छुटहरूले गर्दा उपभोक्ताहरूमा यस दिवसको लोकप्रियता वर्षैभरि बढ्दो छ।

  • Clock icon
    २०८२ कार्तिक २५, मंगलवार