महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानका लागि ग्राहकहरूलाई विशेष अफर र लाभ प्रदान गर्ने गरी सहकार्य भएको छ। विश्वव्यापी रूपमा मनाइने ११.११ अभियान अन्तर्गत बैंकले आफ्ना डिजिटल बैंकिङ्ग सेवाहरूलाई अझ विस्तार गर्दै जाने नीति अनुरूप दराजसँग साझेदारी गरेको हो।
सहकार्य अनुसार कार्तिक २५ देखि मंसिर ५ सम्म महालक्ष्मी बैंकका डेबिट र क्रेडिट कार्डधनी ग्राहकहरूले दराजमार्फत सामान खरिद गर्दा विशेष छुट पाउनेछन्।
-
डेबिट कार्ड: १५% छुट वा अधिकतम रु. १५००
-
क्रेडिट कार्ड: २०% छुट वा अधिकतम रु. २०००
छुटको लागि ग्राहकहरूले दराजबाट भौचर सङ्कलन गर्नुपर्नेछ। योजना अवधिभर सहभागी हुने ग्राहकलाई पहिलो प्राथमिकता दिइने बताइएको छ। बैंकले यस समझदारीले ग्राहकहरूसँग डिजिटल रूपमा जोडिन, भुक्तानी प्रक्रियामा सहजता ल्याउन र ग्राहक सन्तुष्टिमा वृद्धि गर्ने विश्वास व्यक्त गरेको छ।
त्यसैगरी, बैंकले हालै आफ्नो क्रेडिट कार्डधनीलाई विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा कार्डमार्फत भुक्तानी गर्ने सुविधा सुरु गरेको छ। ग्राहकले खरिद गरेको टुर प्याकेजको मूल्यलाई ६ देखि १२ महिनासम्मको लचिलो मासिक किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।
