युवालाई विदेश होइन, गाउँमै डिजिटल अवसर सिर्जना गर्न प्रोत्साहन

  • Clock icon
    २०८२ कार्तिक २७, बिहीबार

नेपालका युवाहरूलाई कक्षा ११ र १२ पछि विदेश जान नदिई, देशमै भविष्य निर्माण गर्ने अवसर दिनुपर्ने आवश्यकता बढेको छ। Tech Paaila Innovation का अध्यक्ष का अनुसार अब समय आएको छ कि युवालाई काम खोज्न होइन, काम सिर्जना गर्न सक्ने बनाउने दिशामा शिक्षा दिइयोस्।

उनले बताए अनुसार विद्यालय तहदेखि नै डिजिटल शिक्षा, AI र IT सीप सिकाएर गाउँ–गाउँबाटै “Learn and Earn” गर्ने अवसर प्रदान गर्न सकिन्छ। कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सानै उमेरमा भविष्यका सीप सिक्ने मौका पाउँदा, उनीहरूले आफ्नै गाउँमै बसेर सफ्टवेयर विकास, ग्राफिक डिजाइन, डेटा विश्लेषण, र AI समाधान जस्ता सेवा विश्व बजारमा निर्यात गर्न सक्षम हुनेछन्।

यसरी, युवाले गाउँमै बसेर रोजगारी सिर्जना गर्ने मात्र नभई विदेशी मुद्रा पनि आम्दानी गर्न सक्नेछन्। अध्यक्षले जोड दिए, “नेपाल अब केवल श्रम होइन, ज्ञान र प्रविधि पनि निर्यात गर्ने देश बन्न सक्छ। विद्यालयदेखि स्नातक तहसम्म डिजिटल शिक्षालाई प्राथमिकता दिई, ‘Digital Export from Nepal’ अभियान सुरु गर्न आवश्यक छ।”

उनी भन्छन्, यसरी युवाको प्रतिभा र प्रविधि जोडिएमा नेपाललाई ज्ञान–आधारित, आत्मनिर्भर र समृद्ध राष्ट्र बनाउन सकिन्छ।

  • Clock icon
    २०८२ कार्तिक २७, बिहीबार