आरविवि मर्चेन्ट बैंकको फोकस ४० योजनाको इकाई बाँडफाँड सम्पन्न

  • Clock icon
    २०८२ कार्तिक २७, बिहीबार

आरविवि मर्चेन्ट बैंकिंग लिमिटेड ले निष्काशन गरेको सामुहिक लगानी कोष “आरविवि फोकस ४०” को इकाई बाँडफाँड आज कार्तिक २६ मा सम्पन्न भएको छ।

यो बन्दमुखी योजना भदौ १८ देखि भदौ २४ सम्म खुला थियो। आरविवि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने यस योजनाको प्रारम्भिक आकार १ अर्ब रुपैयाँ राखिएको थियो। तर, लगानीकर्ताको माग बढी भएपछि योजनाको आकार १ अर्ब २५ करोड कायम गरिएको थियो।

नेपाल धितोपत्र बोर्डले यस फण्डको निष्काशन साउन २३ गते अनुमति दिएको थियो। यस फण्डको अवधि १२ वर्षको हुनेछ। इकाई बाँडफाँड पछि, रितपूर्वक आवेदन दिने सबै लगानीकर्ताले आफ्नो इकाई प्राप्त गरेको बैंकले जानकारी दिएको छ।

  • Clock icon
    २०८२ कार्तिक २७, बिहीबार