अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार वासिङ्टनमा अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले समाचाार प्रकाशन तथा प्रसारण गरेका छन् ।
अमेरिकाबाट अर्थमन्त्री स्कट बेसेन्ट र युक्रेनबाट उपप्रधानमन्त्री एवम् अर्थमन्त्री युलिया स्विरिडेन्कोले सम्झौतामा हस्ताक्षर गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अत्यन्त प्रचार गरेको सम्झौतामा हस्ताक्षर भएको अमेरिकी मिडिया वासिंटन पाष्टले उल्लेख गरेको छ । युक्रेनको खनिज सम्बन्धमा भएको यो नयाँ सम्झौता हो ।
समाचारा जनाइएअनुसार यो सम्झौतालाई रूस र युक्रेनबीच तीन वर्षदेखि चलिरहेको युद्ध अन्त्य गर्ने अमेरिकी प्रयासको हिस्सा पनि हो । यसले युक्रेनको खनिज स्रोतमा अमेरिकालाई हिस्सा दिने अमेरिकी पत्रिका समाचारमा उल्लेख छ ।
‘ट्रम्प प्रशासन स्वतन्त्र, समृद्ध र शान्तिपूर्ण युक्रेनको पक्षमा छ भन्ने सन्देश यो सम्झौताले दिन्छ,’ हस्ताक्षरपछि अमेरिकी अर्थमन्त्री बेसेन्टले बताउनुभएको छ, ‘रूसको युद्धलाई सहयोग गर्ने कुनै पनि देश वा व्यक्तिले युक्रेनको पुनः निर्माणबाट फाइदा लिन पाउने छैन ।’ न्युयोर्क टाइम्सका अनुसार यो सम्झौता गत फेब्रुअरीमा ह्वाइट हाउसमा डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच चर्काचर्की भएर रोकिएको खनिज सम्झौता भन्दा फरक छ ।