सांग्रिला डेभलपमेन्ट बैंकले १०.३५८३% लाभांश वितरण घोषणा

  • Clock icon
    २०८२ कार्तिक ३०, आईतवार

सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको कार्तिक २८ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५.३५८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरेको हो।

नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण गरिनेछ।

  • Clock icon
    २०८२ कार्तिक ३०, आईतवार