सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा आज सोमबार साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज् भिड्दैछन्।
अपराह्न चार बजे जनकपुर र काठमान्डु आमनेसामने भएसँगै सुरु हुनेछ, दोस्रो संस्करणको एनपीएलको रोमाञ्चकता बढ्ने छ।
यसअघि चौरमा बसेर घाम ताप्दै खेल हेर्ने गरेका दर्शककले यो पटक प्यारापिटमा बसेर फ्लडलाइडमा क्रिकेटको मज्जा लिनेछन्।
दोस्रो सिजनको एनपीएल हेर्न क्रिकेट समर्थक उत्साहित छन्। उद्घाटन खेलका लागि टिकट सबै बिक्री भैसकेको छ।
साविक विजेता जनकपुर वेष्ट इन्डिजका महान व्याटर शिवनारायण चन्द्रपलको प्रशिक्षणमा उपाधि रक्षा गर्नेमा आत्मविश्वासी देखिन्छ।
अघिल्ल्लो सिजन नेट रनरेटमा पछि पर्दै प्लेअफबाटै बाहिरिएको काठमान्डु गोर्खाज् राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाइको प्रशिक्षणमा रहेको छ।
काठमान्डु यो सिजन सुरुवातबाट नै उत्कृष्ट प्रर्दशन गर्ने योजनामा छ।
काठमान्डुको टोलीः
करण केसी कप्तान, भीम सार्की, रशिद खान, प्रतीक श्रेष्ठ, दीपेश कँडेल, मोहम्मद आदिल आलम, साहव आलम, तुलबहादुर थापा, उत्तम थापा मगर, सन्तोष यादव, आकाश त्रिपाठी, रिकार्डो भास्कोनेसेलोस, जेरहार्ड इरसमस, जोहन सिम्पसन, मिलिन्द कुमार, सन्नी पटेल, बेन चार्ल्सवर्थ, सोनु देवकोटा
जनकपुर बोल्ट्सको टोलीः
अनिलकुमार शाह, आशिफ शेख, ललित नारायण राजवंशी, तुलबहादुर थापा मगर, विकास अग्री, शुभ कंसाकार, सचिन भट्ट, रुपेश कुमार सिंह, किशोर महतो, मयन यादव, आदित्य महत, लाहिरु मिलान्था, जान निकोल लफ्टी(इटोन, लाहिरु समरकोन, वांग्ले प्रनिल, सञ्जय कृष्णमुर्ति, संगीत कोरे, इमरान ताहिर र पप्पु यादव
