कामना सेवा विकास बैंकले काठमाडौं, बुढानिलकण्ठ स्थित Hotel Sabrina सँग सेवा शुल्कमा १० प्रतिशत छुट सम्बन्धी सम्झौता गरेको छ। सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र होटलका सञ्चालन प्रबन्धक समिर थापा ले हस्ताक्षर गरेका छन्।
बैंकले जनाएको छ कि यस सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट पाउनेछन्। ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाण देखाएर सुविधा सजिलै प्राप्त गर्न सक्ने छन्।
बैंकले विश्वास व्यक्त गरेको छ कि यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहक र कर्मचारीहरूले विशेष लाभ प्राप्त गर्नेछन्।
