सरकारले राष्ट्रिय कर दिवस २०८२ का अवसरमा सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले गत आर्थिक वर्षमा विभिन्न १६ विधामा कर तिर्ने शीर्ष कम्पनी र व्यक्तिहरूलाई पुरस्कार प्रदान गरेका हुन्।
राष्ट्रिय कर दिवस २०६९ सालदेखि हरेक वर्ष मंसिर १–७ सम्म मनाइँदै आएको छ। यस वर्षको दिवस ‘कर प्रणालीको सार, लगानीको आधार’ नारासहित मनाइएको थियो।
सर्वाधिक कर तिर्ने प्रमुख समुहहरू यसप्रकार छन्:
-
आयकर निकाय: नेपाल दूरसञ्चार प्राधिकरण
-
एकलौटी फर्म: थाइ आइ इन्टरनेशनल
-
बस्तुगत आयकर: डावर नेपाल
-
सूचना प्रविधि: भेरिक्स नेपाल प्रा. लि.
-
निर्यात कारोबार: डाबर नेपाल प्रा. लि.
-
कृषि एवम् पशुजन्य: पोषक ब्रिडर
-
बैंक तथा वित्तीय संस्था: नेपाल इन्भेष्टमेन्ट बैंक
-
स्वास्थ्य तथा शिक्षा: नोबेल मेडिकल कलेज
-
पर्यटन: सोल्टी होटल
यस्तै, अन्य विधामा सम्मानितहरू:
-
वस्तु व्यापार: भाटभटेनी सुपरमार्केट
-
मध्यस्तरीय करदाता: सिडियस एण्ड क्लियरिङ् लिमिटेड
-
ऊर्जा: भोटेकोसी पावर कम्पनी
-
रेमिटेन्स: आइएमई
-
व्यक्तिगत आयकर: राजबहादुर साह
-
म्यादभित्र कर तिर्ने: नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
-
५० करोडभन्दा बढी कारोबार गर्ने: भिएफ सर्भिसेज
-
विशेष उद्योग: युनिलिभर नेपाल
सरकारले कर तिर्ने दायित्व पालन गर्ने कम्पनी र व्यक्तिलाई सम्मान गरेर सकारात्मक कर संस्कृति प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ।
