नेपाल लाइफका २ लाख संस्थापक सेयर बिक्री प्रक्रियामा, विद्यमान संस्थापकलाई प्राथमिकता

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीका संस्थापक शेयरधनी बोध प्रसाद त्रिपाठीको स्वामित्वमा रहेको उक्त सेयर हाल संस्थापक समूहभित्रैबाट बिक्री गर्ने प्रक्रिया अघि बढाइएको हो।

कम्पनीका अनुसार कम्पनी ऐनअनुसार संस्थापक सेयर कारोबार गर्दा प्रारम्भिक अधिकार विद्यमान संस्थापक सेयरधनीलाई नै हुने भएकाले हाल आवेदन दिने सुविधा केवल नेपाल लाइफका चालु संस्थापक सेयरधनीहरूलाई मात्रै उपलब्ध छ।

इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आफ्नो आवेदन काठमाडौं, कमलपोखरीस्थित शेयर रजिष्ट्रार नेपाल लाइफ क्यापिटल लिमिटेड मा दर्ता गर्नुपर्नेछ।

कम्पनीले जानकारी दिएको अनुसार, तोकिएको समयावधिभित्र संस्थापक समूहबाट कुनै आवेदन नआएमा सो सेयर सर्वसाधारण लगानीकर्तालाई खुला बिक्रीमार्फत उपलब्ध गराइनेछ।