दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेशसँगै रिहा

सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

आइतबार डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

प्रसाईँका छोरा निराजनले प्रसाईँलाई गैरकानुनी रुपमा पक्राउ गरेर थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका दिए ।

विभिन्न माग राख्दै मंसिर ७ गतेदेखि देशब्यापी आन्दोलनको घोषणा गरेका प्रसाईँलाई प्रहरीले निजको निवासबाटै पक्राउ गरेको थियो ।

प्रहरी हिरासतमा रहेका प्रसाईंलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश गरेलगत्तै बाहिरिनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अदालतले थप एकपटक न्याय मरेको छैन भन्ने पुष्टि गरेको बताएका हुन्।