टीसीएलले नेपाली बजारमा प्रिमियम साउन्डबार ल्यायो

  • Clock icon
    २०८२ मंसिर १२, शुक्रबार

विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली बजारका लागि दुई अत्याधुनिक प्रिमियम साउन्डबार मोडेल S55H र Q65H सार्वजनिक गरेको छ। कम्पनीका अनुसार, घरमै बसेर क्रिकेट खेलको स्टेडियमजस्तो अनुभव दिलाउने उद्देश्यले यी मोडेलहरू उपलब्ध गराइएको हो।

S55H मोडेलले २.१ च्यानल डोल्बी एटमस र DTS Virtual:X प्रविधि प्रयोग गरी स्पष्ट र सिनेमाजस्तो अडियो प्रदान गर्छ। वायरलेस सबवूफर सहित आएको यस मोडेल २२०W को अधिकतम शक्ति दिन सक्षम छ। Bluetooth 5.3 Low Latency Connectivity ले लाइभ खेल वा कन्टेन्ट हेर्दा आवाजमा ढिलाइ कम गर्छ। एआई सोनिक-एडप्टेशनले कोठाको आकार अनुसार आवाजलाई अनुकूल बनाउँछ भने TCL टुट्टी कोरल टेक्नोलोजीले टिभी र साउन्डबारबीच छिटो जडान र एकीकृत ध्वनि आउटपुट सुनिश्चित गर्छ।

Q65H मोडेलले ५.१ च्यानल स्पिकर प्रणालीको माध्यमबाट ५८०W को शक्तिशाली आवाज दिन्छ। Dolby Atmos र DTS:X प्रविधिले वास्तविक ३D सराउन्ड अनुभव सिर्जना गर्छ। Signature RAY·DANZ Technology ले चौडा, प्राकृतिक र जीवन्त साउन्ड स्टेज बनाउँछ। वायरलेस सबवूफर सहित आएको Q65H ५५ इन्चभन्दा ठूला टिभीका लागि उपयुक्त मोडेल हो। HDMI eARC, multiple HDMI inputs र Bluetooth Wireless Music Connectivity ले प्रयोग सजिलो बनाएको छ।

यी साउन्डबारहरू डल्बी एटमस, वायरलेस सबवुफर, एआई सोनिक-अनुकूलन, ब्लुटुथ वायरलेस कनेक्टिभिटी, टीसीएल टिभी रेडी र टुट्टी कोरल टेक्नोलोजी जस्ता विशेषताहरूले भरिएको छन्।

टीसीएलका यी साउन्डबारहरू नेपालभरका अधिकृत रिटेल आउटलेट र अनलाइन स्टोरमार्फत उपलब्ध छन्। क्रिकेटको उत्साहपूर्ण सिजनमा घरमै उत्कृष्ट अडियो अनुभव चाहने उपभोक्ताका लागि यो एक उत्तम अवसर मानिएको छ।

टीसीएल विश्वव्यापी ब्रान्ड हो, जसले टेलिभिजन, साउन्ड सिस्टम, घरेलु उपकरणहरू लगायतका उत्पादनहरूको डिजाइन, विकास, निर्माण र वितरण गर्दै आएको छ।

  • Clock icon
    २०८२ मंसिर १२, शुक्रबार