टेक अर्बपति तथा टेस्लाका सह(संस्थापक इलोन मस्कले ट्रम्प प्रशासनसँगको आफ्नो समय सकिएको बताउनुभएको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई सरकारी खर्च घटाउने जिम्मेवारी दिनुभएको थियो ।
ट्रम्प दोस्रोपटक गत जनवरीमा ह्वाइट हाउस फर्किंदा ट्रम्पले मस्कलाई नयाँ सरकारी विभाग डज (सरकारी दक्षता विभाग) को नेतृत्व सुम्पिउनुभएको थियो ।
तर आज बिहीबार मस्कले एक्समा लेख्नुभएको छ, ‘विशेष सरकारी कर्मचारीको रूपमा मेरो समय सकिएको हुनाले म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मलाई व्यर्थ खर्च कम गर्ने अवसर दिएकामा धन्यवाद दिन चाहन्छु।’