कामना सेवा विकास बैंक र क्याफेओफिलियाबिच छुट सम्झौता

कामना सेवा विकास बैंक kamana sewa

काठमाडौं । बिकाश बैकमा अग्रणी कामना सेवा विकास बैक र काठमाडौं, ज्ञानेश्वरस्थित क्याफेओफिलियाबिच सेवा शुल्क छुटसम्बन्धी सम्झौता भएको छ ।

छुटसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुंगेल र क्याफेका फ्रेन्चाइज ओनर सदीक्षा श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले फुड तथा बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बताइएको छ । बैकका ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावले विशेष लाभ लिने बैकले विश्वास लिएको छ ।

बैकले बिगतदेखिनै ग्राहक तथा कर्मचारीहरुको सहजतालाई मध्यनजर गर्दै यस्ता बिभिन्न सस्थासंग सहकार्य गर्दै आइरहेको छ ।