नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता नैनसिंह महरलाई उम्मेदवारमा सिफारिस गरेको छ।
क्षेत्रीय कार्यसमितिको बैठकले नेता महरको नाम सर्वसम्मत वा प्राथमिकताका साथ सिफारिस गरी जिल्ला तथा प्रदेश समिति मार्फत केन्द्रमा पठाउने निर्णय गरेको हो। विद्यार्थी राजनीतिबाट उदाएका महर नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ -नेविसंघका पूर्व अध्यक्ष समेत हुन्। महर नेपाली कांग्रेसभित्र अहिले केन्द्रिय सदस्य एंव शिक्षा विभाग प्रमुख रहेका छन ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनका सशक्त महामन्त्री उम्मेदवार नेता नैनसिंह महर कैलाली ४ वाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा समेत सर्वसम्मत रुपमा सिफारिस भएका थिए ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ लाई सुदूरपश्चिमको राजनीतिमा महत्वका साथ हेर्ने गरिन्छ। यस क्षेत्रबाट नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री लेखराज भट्टसंग महरको प्रतिस्पर्धा हुने बहस चुलिएको छ । कांग्रेसले यसपटक बलियो उम्मेदवार उठाएर आफ्नो पक्षमा नतिजा ल्याउने रणनीति बनाएको देखिन्छ।
नेता महरले लामो समयदेखि पार्टी संगठन र राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएकाले उनी यस क्षेत्रको बलियो दावेदार मानिन्छन्।
नाम दर्ताका लागि केन्द्रिय परिपत्र अनुसार आईतबार र सोमबार दुई दिन समय तोकिएकोमा ७ जनाले उम्मेदवार हुने भन्दै नाम दर्ता गराएका थिए । जसमा यसअघिका प्रतिनिधि सभा सदस्य बलायरसहित विजय कुँवर, लोकराज पाण्डेय ‘आगो’, दिनेशराज जोशी, टेक राज जोशी र युवा प्रतिनिधिका रुपमा भुवन महरा समेत रहेका छन ।
यसैगरी राष्ट्रिय सभा सदस्यका लागि डा। लक्ष्मीराज पाठक, गजेन्द्र पन्त र हिरा दत्त भट्ट को नाम सिफारिस गरिएको रोकायाले बताए । त्यसबाहेक समानुपातीक तर्फ यज्ञनिधि कोइराला, जानकी पाल, खडक सिँ बडैला, गोपाल बहादुर देउवा, गंगा कामी र रमेश ताम्राकारको नाम सिफारिस गरिएको उनले बताए ।
