नेपालगञ्जमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटनको अवसरमा एमएडब्लु वृिद्धले आगामी मंसिर २७ देखि २९ सम्म तीन दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम आयोजना गर्न लागेको छ।
कार्यक्रममा आगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको अनुभव गर्न पाउनेछन्। यस अवसरमा रोबोटहरूसँग अन्तरक्रिया गर्ने मौका पनि उपलब्ध हुनेछ, जसले सहभागीहरूलाई भविष्यको अनुभूति गराउनेछ।
साथै, हालै सम्पन्न नाडा अटो शोमा चर्चा बटुलेका दिपाल एस०५ र नामी भिगो मोडेलहरूको पनि टेस्ट ड्राइभ गर्न सकिनेछ। यी सवारी साधनहरूले स्लिम डिजाइन, आधुनिक फिचर र दिगो गतिशीलताको संयोजनमार्फत नेपाली ग्राहकबीच छोटो समयमै लोकप्रियता कमाएका छन्।
एमएडब्लु वृिद्धले कार्यक्रममा विशेष प्रमोशनल अफरहरू पनि उपलब्ध गराउनेछ, जसमा पुराना गाडी एक्सचेन्ज गर्दा बोनस, विशेष नगद छुट, प्रत्येक खरिदमा निःशुल्क एसेसरी र टेस्ट ड्राइभमा सहभागी हुने आगन्तुकलाई उपहार समावेश छन्।
इलेक्ट्रिक सवारी साधनमा रूपान्तरण गर्ने वा भविष्यको ड्राइभिङ अनुभव लिन चाहनेहरूका लागि यो कार्यक्रम उत्कृष्ट अवसर सावित हुने अपेक्षा गरिएको छ।
