श्रीलंकाका मथिशा पाथिराना आईपीएलका लागि करोडमा बिक्री

श्रीलंकाका तीव्र गतिका बलर मथिशा पाथिरानालाई आईपीएल २०२६ को अक्सनमा कोलकाता नाइट राइडर्सले १८ करोड रुपैयाँमा किनेको छ।

आईपीएल अक्सनमा छनोट भएका तीव्र गतिका बलरहरूमध्ये न्युजिल्यान्डका ज्याकब डफीलाई रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले २ करोड रुपैयाँमा किनेको छ।

यस्तै दक्षिण अफ्रिकी बलर एनरिच नोखियालाई लखनउ सुपर जायन्ट्सले २ करोड रुपैयाँमा खरिद गरेको छ।

तर न्युजिल्यान्डका म्याट हेनरी, भारतका आकाश दीप र शिवम मावी, दक्षिण अफ्रिकाका जेराल्ड कोएत्जी, अस्ट्रेलियाका स्पेन्सर जोनसन र अफगानिस्तानका फजलहक फारुकीलाई कसैले नकिनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।