एनएमबी लघुवित्तको नेतृत्वमा सजल खड्काको पुनर्नियुक्ति

एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)को रूपमा सजल खड्कालाई पुनः नियुक्त गरेको छ। कम्पनी सचिव सूर्य बहादुर थापाका अनुसार बिहीबार साँझ ४ बजे बसेको संस्थाको १८०औँ बैठकले खड्कालाई पुनः डिसिइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

खड्कालाई आगामी पुस ७ गतेदेखि लागू हुने गरी पुनः नियुक्त गरिएको कम्पनीले जनाएको छ। यस नियुक्तिले संस्थाको नेतृत्वमा निरन्तरता र स्थायित्व प्रदान गर्ने अपेक्षा गरिएको छ।