हिमालयन बैंकको ३३औँ साधारणसभा सफल

हिमालयन बैंक लिमिटेडले आज पुस ३० गते आफ्नो ३३औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ। साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।

सभाले बैंक तथा यसका सहायक कम्पनीहरू समेतको एकीकृत वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८१/०८२ का लागि सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै सभाले त्यसलाई अनुमोदन गरेको छ।

साधारणसभामा अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को समग्र कार्यसम्पादन, वित्तीय अवस्था तथा भावी रणनीतिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।

कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि बैंकको वर्तमान लेखापरीक्षक सीए रणजीव एण्ड एसोसिएट्स (CA Ranjeev & Associates) लाई पुनः नियुक्त गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिएको छ।

त्यसैगरी, नियामक निकायको निर्देशनअनुसार बैंकको पूँजी संरचनाको अनुपातअनुकूल सञ्चालक समितिको संरचनामा आवश्यक परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको छ।

३३औँ वार्षिक साधारणसभाको सफल सम्पन्नतासँगै हिमालयन बैंकले सुशासन, पारदर्शिता र दीगो विकासप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ।