नागरिक लगानी कोषको साधारणसभा सम्पन्न,१३ प्रतिशत लाभांश स्वीकृत

नागरिक लगानी कोषको साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित ५  प्रतिशत बोनस शेयर र ८  प्रतिशत नगद लाभांश (कर समेत ) स्वीकृत गरेको छ।

सभाले अध्यक्षबाट पेश भएको कोषको आर्थिक वर्ष २०८१/८२ का वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ। सभाले लेखा परीक्षकको प्रतिवेदन सहितको २०२२ साल असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८१/८२ को नाफा / नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरेको छ।

साधारणसभाले सर्वसाधारण शेयरधनीका तर्फबाट नारायणप्रसाद घिमिरेलाई सर्वसम्मत चयन गरेको छ । साधारणसभामा कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले गत आवको लाभांशबाट शेयरधनी सन्तुष्ट देखिनु, कोषका कर्मचारीको सेवासुविधा र वृत्तिविकासलगायत विषयमा चासो देखाउनु सकारात्मक रहेको बताए। उनले संस्थालाई व्यवस्थित बनाएर लैजान दूरदर्शी ढङ्गले काम गर्ने प्रतिबद्धता जनाए ।

कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले शेयरधनीले साधारणसभामा दिएका सुझाव सम्बोधन गरिने प्रतिबद्धता जनाए । साथै संस्थालाई सुशासित संस्थाका रूपमा अघि बढाउँदै लगिएको बताए । कोषका तथ्याङ्क क्रमशः ‘डिजिटलाइज्ड’ गर्दै लगिएको र डाटा भण्डारणलाई सुरक्षित बनाउँदै लगिएको पनि कार्कीले जानकारी दिए ।