गरिमा विकास बैंकले नयाँ लोगो–छाप सहित आधुनिक पहिचान अपनायो

गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष सशक्त बनाउँदै नयाँ आधिकारिक लोगो तथा छाप लागू गरेको छ। यो परिवर्तन माघ १ गते विहिबारदेखि कार्यान्वयनमा आएको हो।

बैंकको दीर्घकालीन रणनीतिअन्तर्गत २०८२ कार्तिक २७ गते सम्पन्न १९औं वार्षिक साधारण सभाले लोगो र छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। त्यसपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरी नयाँ लोगो र छाप कार्यान्वयनमा ल्याइएको हो।

परिवर्तित लोगोले बैंकको आधुनिकता, सरल पहिचान र विश्वसनीय बैकिङ सेवाप्रति प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने विश्वास विकास बैंकले व्यक्त गरेको छ।

यस अवसरमा बैंकले सम्पूर्ण ग्राहक र सरोकारवालाप्रति निरन्तर विश्वास र सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता पनि दोहोर्याएको छ।