सुनको मूल्य नयाँ रेकर्डमा, चाँदीमा सानो घटबढ

आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। प्रतितोला सुन ४२०० रुपैयाँले बढेर कारोबार भएको छ। नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७७ हजार ८०० रुपैयाँ पुगेको छ।

यससँगै सुनको मूल्य लगातार उच्च विन्दुमा पुग्दै लगानीकर्ताहरू र उपभोक्ताबीच आकर्षण बढेको छ।

त्यसैगरी चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो। आइतबार प्रतितोला ५ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ६२५ रुपैयाँमा आएको छ।