आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदान हुँदै छ । बागमती प्रदेशतर्फको २ सिटका लागि हुने निर्वाचनको सबै तयारी पूरा भइसकेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन बागमती प्रदेश मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनको सबै तयारी पूरा भइसकेको छ र मतदान कार्यक्रम आइतबार बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म तय गरिएको छ ।
राष्ट्रिय सभा सदस्यका लागि बागमती प्रदेशका २ सिटमा ६ जनाले मनोनयन दर्ता गरेका छन् । दुई सिटका लागि गठबन्धन एमाले र कांग्रेस नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तर्फबाट उम्मेदवारी दर्ता भएको छ ।
बागमती प्रदेशसभातर्फ महिला र अन्य क्लस्टरमा हुने निर्वाचनका लागि नेपाली कांग्रेसबाट एक महिला र नेकपा एमालेका तर्फबाट पुरुष उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेसले महिला क्लस्टरमा चितवनकी गीता देवकोटालाई उम्मेदवार बनाएको छ भने एमालेका तर्फबाट अन्य क्लस्टरमा डा.प्रेमप्रसाद दंगालले उम्मेदवारी दर्ता गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रेम सापकोटा (राजेन्द्र) र महिला क्लस्टरमा सरोज कुमारी झाले उम्मेदवारी दर्ता गराएका छन् । नेमकिपाका तर्फबाट पनि २ जनाले मनोनयन दर्ता गरेका छन् ।
११० सदस्यीय प्रदेश सभाका सदस्य र स्थानीय तहका २३८ प्रमुखरउपप्रमुख गरी बागमती प्रदेशमा ३४८ जना मतदाता छन् । दलहरूको मतभार हेर्दा गठबन्धन बहुमतको स्थितिमा छ ।
राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेका एमाले र कांग्रेसको बहुमत पुग्ने देखिन्छ । कुल १८ पदका लागि हुने निर्वाचनमध्ये बागमती प्रदेशमा २ सदस्यको पदावधि रिक्त हुनेछ र सोही पदमा निर्वाचन हुँदैछ । यस निर्वाचनमा एमाले र कांग्रेसको गठबन्धनले कुल मतदाताको बहुमत सुनिश्चित गर्ने देखिन्छ ।
बागमती प्रदेशबाट अन्य क्लस्टरका बेदुराम भुषाल र गंगाकुमारी बेलवासेको पदावधि आगामी फागुनमा सकिँदै छ ।
११० सदस्यीय प्रदेश सभाका सदस्य र स्थानीय तहका २३८ प्रमुखरउपप्रमुख गरी बागमती प्रदेशमा ३४८ जना मतदाता छन् । दलहरूको मतभार हेर्दा गठबन्धन बहुमतको स्थितिमा छ ।
यीमध्ये एक जनप्रतिनिधि भ्रष्टाचार मुद्दाका कारण मतदानमा सहभागी हुन पाउने छैनन् । यस्तै ६ जना प्रदेश सांसद र ३ जना मेयरहरूले पनि मताधिकार गुमाएका छन् । प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका र प्रदेश सभाबाट राजीनामा दिएका कारण यी ९ जनाले मतदान गर्न पाउने छैनन् ।
मताधिकार गुमाउनेहरूमा प्रदेश सभा सदस्यबाट राजीनामा दिएका कांग्रेसका कुन्दन काफ्ले, राप्रपाका सुनिल केसी, एमालेका प्रकाश श्रेष्ठ र अमन कुमार मास्के, तथा तत्कालीन नेकपा (एकीकृत समाजवादी)का (हाल नेकपामा रहेका) सांसद वसन्त मानन्धर र युवराज दुलाल रहेका छन् । यसैगरी, स्थानीय तहको प्रमुख पदबाट राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका बालेन्द्र शाह, रेनु दाहाल र अशोक व्यञ्जुले पनि मतदान गर्न पाउने छैनन् ।
बागमती प्रदेशको कुल मतभार ९ हजार ९५८ रहेको छ । सो मतभारअनुसार मताधिकार कायम भएका १०४ प्रदेशसभा सांसदको मतभार (५३ को दरले) ५ हजार ५१२ र २३४ स्थानीय तहका प्रतिनिधिको मतभार ९१९ को दरले० ४ हजार ४४६ गरी कुल मतभार ९ हजार ९५८ हुन्छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन बागमती प्रदेशकी प्रमुख निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार प्रदेश सभा र स्थानीय तहबाट राजीनामा गरेर प्रतिनिधि सभामा उम्मेदवार बन्न गएकाहरूले मतदान गर्न पाउने छैनन् । उनले एउटै व्यक्तिले दुईवटा पदमा बसेर भूमिका निर्वाह गर्न नपाउने भएकाले उनीहरूको नाम मतदाता नामावलीबाट हटाइएको स्पष्ट पारिन् ।
निर्वाचन आयोगले जारी गरेको अन्तिम मतदाता नामावली अनुसार नै निर्वाचन हुनेछ, जसले गर्दा कुल मतदाता संख्या ३३८ कायम भएको छ । बागमती प्रदेशका ११० सांसदमध्ये १०४ जनाको मताधिकार कायम भएको छ भने २३८ स्थानीय तहका प्रतिनिधिमध्ये २३४ जनाले मताधिकार पाउनेछन् ।
जसअनुसार बागमती प्रदेशको कुल मतभार ९ हजार ९५८ रहेको छ । सो मतभारअनुसार मताधिकार कायम भएका १०४ प्रदेशसभा सांसदको मतभार ९५३ को दरले० ५ हजार ५१२ र २३४ स्थानीय तहका प्रतिनिधिको मतभार ९१९ को दरले० ४ हजार ४४६ गरी कुल मतभार ९ हजार ९५८ हुन्छ ।
कांग्रेससँग प्रदेश सभामा ३७ सिट र स्थानीय तहमा १०८ प्रमुख तथा उपप्रमुख छन् । कांग्रेसका एक जनप्रतिनिधि भ्रष्टाचार मुद्दाका कारण निलम्बित छन् भने एक प्रदेश सदस्यले राजीनामा दिएकाले उनीहरू निर्वाचनमा सहभागी हुन पाउने छैनन् । यसरी कांग्रेसको कुल मतभार ३ हजार ९४१ पुगेको छ ।
यस्तै, नेकपा एमालेका दुई जना प्रदेश सदस्य र एकजना स्थानीय तहका प्रमुखले राजीनामा गरेकाले उसको कुल मतभार २ हजार ४४६ सहित दोस्रो स्थानमा छ । कांग्रेस र एमालेबिच गठबन्धन हुँदा दुवै दलको संयुक्त मतभार ६ हजार ३८७ पुग्छ ।
यता नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का २ जना प्रदेश सदस्य र एक जना स्थानीय तहका प्रमुखले राजीनामा गरेसँगै उसको मतभार २ हजार ६१३ हुन्छ । एकजना सदस्यले राजीनामा दिएसँगै प्रदेश सभामा राप्रपाको १२ सिट मात्रै छ ।
यस्तै स्थानीय तहमा पनि कमजोर उपस्थितिका कारण राप्रपाको मतभार ६५५ मात्र छ । नेपाल मजदुर किसान पार्टीको १९७ र हाम्रो नेपाली पार्टीको १०६ मतभार रहेको छ ।
यसैबीच कुल १८ पदमध्ये कोसी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको छ।
रिक्त हुन लागेका बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
कोसी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइकेका छन्।
बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ।
