सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड

आज सुन र चाँदीको मूल्यले नयाँ उच्चतम बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ।

सुनको मूल्य शुक्रबार प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। त्यसअनुसार आज सुनको मूल्यमा तोलामा २४ सय रुपैयाँको वृद्धि भएको छ।

सुनसँगै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ। आज चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँमा कारोबार भएको छ, जुन शुक्रवारको ६ हजार १९० रुपैयाँको मूल्यभन्दा २९० रुपैयाँ बढी हो।