साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से परिसूचक घटेको छ।
नेप्से परिसूचक १९.८५ अंकले घटेर २६९४.२० बिन्दुमा पुगेको हो।
आजको कारोबारमा ३ सय २९ कम्पनीको १ करोड २० लाख ६० हजार ४ सय ५४ कित्ता सेयर खरिद–बिक्री हुँदा ९ अर्ब १० करोड ९४ लाख ५७ हजार २ सय ७८ रुपैयाँबराबरको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ५९ अंकले बढेको छ भने फ्लोट इण्डेक्स शून्य दशमलव ७६ र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ५९ अंकले घटेको छ।
आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर सबैभन्दा धेरै ९.७० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले घटेको छ।
आज १३ वटै उपसमूहको परिसूचकमध्य १२ घटेको छ भने व्यापार उपसमूहको परिसूचक शून्य दशमलव ५५ प्रतिशतले बढेको छ। कारोबारमा सबैभन्दा धेरै होटल तथा पर्यटन सामान्य उपसमूहको परिसूचक १।७५ प्रतिशतले घटेको छ।
