साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ बिन्दुमा पुगेर बन्द भएको छ।
आजको कारोबारमा ३ सय २४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार ३ सय ४७ कित्ता शेयर खरिद-बिक्री हुँदा १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २ सय ८९ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ८७ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स १ प्रतिशत, फ्लोट इण्डेक्स १.०४ प्रतिशतले घटेको छ।
आजको कारोबारमा, खानीखोला हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ९.९७ प्रतिशत र रिडी पावर कम्पनीको सेयर ९.११ प्रतिशतले बढेको छ। मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर भने सर्वाधिक ५।४० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सबैभन्दा धेरै रिडी पावर कम्पनीको ७७ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ।
