साताको तेश्रो दिन नेप्सेमा ८ करोड रुपैयाँभन्दा बढीको कारोबार

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक आज दोहोरो् अंकले ओरालो लागेको छ ।

यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ३ प्रतिशतले कम हो ।

बजार परिसुचक १०. २५ अंकले घटेर ६ हजार २६२.१४ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।

कूल ३२४ कम्पनीको ८९ हजार ८३६ कारोबारबाट ८ अर्ब ६१ करोड ६४ लाख १० हजार १३२ रुपैयाँ ४६ पैसा बराबरका २ करोड १७ लाख १५ हजार ८ सय ६८ कित्ता शेयर किनबेच भएको हो ।