साताको अन्तिम कारोबारमा नेप्से करिब ९ अंकले उकालो

साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७बिन्दुमा पुगेको छ।

आजको कारोबारमा ३ सय ३७ कम्पनीको २ करोड ७७ लाख ८० हजार ५ सय ८४ कित्ता सेयर खरिद–बिक्री हुँदा ११ अर्ब १० करोड २५ लाख ५० हजार ९ सय ६६ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज क वर्गका कम्पनीको उपसुचक सेन्सेटिभ इण्डेक्स शुन्य दशमलव ३३ प्रतिशत, फ्लोट इण्डेक्स शुन्य दशमलव ४६ र सेन्सेटिभ फ्लोट इण्डेक्स शुन्य दशमलव ३६ प्रतिशतले बढेको छ।

आजको कारोबारमा मध्य भोटेकोशी जलविद्युत कम्पनी सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रसुवागढी हाइड्रोपावरको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने खानी खोला हाइड्रोपावरको सेयरमूल्य ७ प्रतिशत बढेको छ। कालिञ्चोक दर्शनको सेयरमूल्य यस दिन सर्वाधिक ७.५९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर ७० करोड ५३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। एसवाई प्यानल नेपालको करिब साढे ४३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने रिडी पावरको करिब ४२ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १।१८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ। लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ।