गृहमन्त्रीले राजिनामा नदिने, संसद बैठक अझै शुरु भएन

१ बजे बस्ने गरी सूचना टाँसेर सारिएको प्रतिनिधिसभा (संसद)को आजको बैठक अझै सुरु भएको छैन ।

सभामुखले राखेको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकहरूको बैठक निष्कर्षहीन भएपछि आजको संसद् बैठक पनि अनिश्चित बनेको हो ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलहरू आफ्ना अडानमा कायमै छन् । सत्तापक्ष पनि पुरानै अडानबाट पछि हटेको छैन ।

सहमति नजुटेपछि सभामुख देवराज घिमिरे बैठक अघि बढाउने वा अर्को मितिका लागि सार्ने भन्ने निर्णय लिन आन्तरिक छलफलमा जुट्नु भएको छ ।

सभामुखले विपक्षीको अवरोधका बीच बैठक सुरु गर्ने वा अर्को मिति तोकेर स्थगित गर्ने निर्णय लिन सक्नुहुन्छ ।