काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेल आज नेपाल र वेस्ट इन्डिज क्रिकेट टोलीबीच हुने भएको छ । खेल मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।
नेपालले समूह चरणका दुई खेलमा निरन्तर पराजय भोगेको छ र आजको खेलमा जित निकाल्नै पर्ने दबाबमा छ। यदि नेपाल आज पनि वेस्ट इन्डिजसँग पराजित भयो भने समूह चरणबाटै बाहिरिनुपर्ने स्थिति छ।
वेस्ट इन्डिजले भने समूहका दुई खेलमा जित हासिल गरिसकेको छ र ४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। आजको खेलमा जित निकालेमा वेस्ट इन्डिज क्रिकेट टोलीले सुपर ८ प्रवेश सुनिश्चित गर्नेछ।
