बागबजार खोला खुलाउने काम सुस्त, सडक अव्यवस्थित हुँदा ट्राफिक जाम

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बागबजार क्षेत्रमा तीन दिनअघि टुकुचा खोला खुलाउने काम सुरु गरे पनि अहिलेसम्म कुनै उल्लेखनीय प्रगति नभएको छ।

खोला खोज्ने क्रममा सडक भत्किँदा बागबजार–पुतलीसडक खण्ड अस्तव्यस्त बनेको छ। व्यस्त समयमा सवारी चाप अत्यधिक हुने उक्त क्षेत्रमा सडक अव्यवस्था हुँदा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

पुतलीसडक आसपासका सवारी साधन लामो समय जाममा फँस्दा यात्रुहरू असुविधामा छन्। पैदलयात्रु पनि धुलो र अव्यवस्थित सडकका कारण सास्ती भोगिरहेका छन्।

स्थानीय व्यवसायीले भने, काम अघि नबढाई सडक भत्काइएपछि व्यापार प्रभावित भएको गुनासो गर्दै, काम तीव्र पारेर छिटो व्यवस्थापन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार