त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मध्यपूर्वमा क्षेत्रको हवाई मार्गमा लगाइएको प्रतिबन्धले केही अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुने बताएको छ ।
शनिबार साँझ एक सूचना जारी गर्दै विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ हुने, पुनः तालिकामा पर्ने वा रद्दसमेत हुन सक्ने सम्भावना रहेको बताएको हो ।
विमानस्थले यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो अवस्थाबारे सम्बन्धित वायुसेवा कम्पनीसँग बुझेर मात्र विमानस्थल आउन आग्रह समेत गरेको छ । विमानस्थलले सम्बन्धित वायुसेवा कम्पनीमा सिधा सम्पर्क गरेर उडानको अवस्था यकिन गर्न अनुरोध गरेको छ ।

