अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि विश्वभर तनाव चुलिएको छ । यो घटनाले विशेषगरी पेट्रोलियम पदार्थको आपूर्तिमा गम्भीर अड्चन उत्पन्न हुने खतरा छ ।
यसको सीधा असर पर्ने मुलुकमध्ये एक हो भारत र दक्षिण एसियाली छिमेकी । भारत हुँदै नेपाल आउने पेट्रोलियम पदार्थको आपूर्तिमा पनि यसको असर पर्ने निश्चित छ ।
इरानले अरब सागरको स्ट्रेट अफ हर्मुज बन्द गरिदिएको छ । यसो हुँदा त्यहाँबाट भारतलगायत दक्षिण एसियाली मुलुकहरुमा आउने ८५ प्रतिशत र चीनमा आउने ७० प्रतिशत कच्चा तेल आयात बन्द हुने अवस्था छ । यसले मूल्यवृद्धिसँगै नेपालमा तेल अभाव र संकट ल्याउने छ ।
हर्मुजको सानो झिल्कोले काठमाडौं र पुरै नेपालको चुल्हो निभ्न सक्छ। विगतमा विदेशमा रहेकालाई फ्रि टिकटसहित स्वदेश फर्काउने वाचा गरेका रवि लामिछानेले हिजो साँझ मध्यपूर्वस्थित नेपालीलाई युद्धमा घरभित्रै लुकेर ज्यान जोगाउन सुझाएका छन् ।
यता भदौ २३ र २४ का घटनाको जिम्मेवारी लिएको रास्वपाका सभापति र वरिष्ठ नेताले जेन जी आन्दोलनको जगमा हुन लागेको निर्वाचनमा नाचगान गरेका छन् । हिजो राजधानीको कीर्तिपुरमा उनीहरुले नाचेर भोट मागे ।
विश्व राजनीति यतिखेर बारुदको थुप्रोमाथि उभिएको छ।
सरकारले पनि आफ्नो सुरक्षा आफैं गर्नुपर्ने आशयको विज्ञप्ति जारी गरेर झारा टारेको देखिन्छ ।
जन आस्थाबाट साभार
