हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ र दिउँसो मौसम मुख्यतया सफा रहनेछ।
यस्तै आज राती भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ ।
वास्तवमा भन्ने हो भने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका दिन मौसम कस्तो होला त भन्ने विषयमा प्रक्षेपण जारी गरेको छ।
हिजो बुधबार बिहान ‘निर्वाचन विशेष मौसम बुलेटिन २’ प्रकाशन गर्दै महाशाखाले हिजो बुधबारदेखि ३ दिनसम्मको सम्भावित मौसमबारे जानकारी दिएको हो।
तालिका:

