मतदानको बिहान देशका केही ठाउँमा शंकास्पद वस्तु फेला परेका छन्।
बाँकेको राप्तिसोनारी गाउँपालिका ५ चिलहरिया बजार नजिक हुलाकी राजमार्गमा रातो प्लास्टिकमा बेरेको अवस्थामा शंकास्पद वस्तु फेला परेको छ।
बिहान ५ः२० बजे स्थानीयले खबर गरेपछि अहिले उक्त स्थानमा १८ जना प्रहरीको टोली पुगिसकेको छ। यस्तै नेपाली सेनालाई पनि डिस्पोजका लागि खबर गरिसकिएको प्रहरीले जानकारी दिएको छ।
यस्तै बिहान ५ बजे काठमाडौँको शंखरापुर नगरपालिका ९ इन्द्रायणी नजिकै सडकमा संकास्पद झोला फेला परेको छ। नेपाली सेनाको टोलीले हेर्दा उक्त झोलामा ४ वटा ढुंगा फेला परेको छ।
निर्वाचन विरोधी गतिविधिमा संलग्न समूहले त्रास फैल्याउन यस्तो गरेको अनुमान गरिएको छ।
