दुई घण्टामा आठ लाख ५० हजार मत खसे, मतदान उत्साहपूर्ण

  • Clock icon
    २०८२ फाल्गुन २१, बिहीबार

काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि देशभर बिहान ७ बजेबाट मतदान सुरु भएको छ। दुई घण्टाभित्र मात्रै करिब आठ लाख ५० हजार मत खसेको जानकारी निर्वाचन आयोगले जनाएको छ।

देशभरका सबै १६५ निर्वाचन क्षेत्रका मतदान केन्द्रमा बिहान ९ बजेसम्म यो ठूलो संख्यामा मतदाता उपस्थित भएको थियो। मतदान प्रक्रिया आज साँझ ५ बजेसम्म निरन्तर जारी रहनेछ।

निर्वाचनमा नागरिकहरूको उत्साह र सहभागिता उच्च रहेको देखिनु राजनीतिक स्थिरता र लोकतन्त्र सुदृढ बनाउने सकारात्मक संकेतको रूपमा व्याख्या गरिएको छ।

  • Clock icon
    २०८२ फाल्गुन २१, बिहीबार