नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहितका केही मुद्राको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय विदेशी मुद्राको विनिमयदर भने घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर, युरो र पाउन्डको विनिमयदर गएको शुक्रबारदेखि निरन्तर घटिरहेको छ।
आज अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो।
त्यसैगरि आज युरो १ को खरिददर १६८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा छ। हिजो युरो १ को खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ २७ पैसा र बिक्रीदर १९६ रुपैयाँ ०६ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा थियो।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८१ रुपैयाँ ७० पैसा र बिक्रीदर ४८३ रुपैयाँ ६५ पैसा छ। हिजो पनि कुबेती दिनारको विनिमयदर यही थियो।
आज बहराइन दिनार १ को खरिदर ३९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ६४ पैसा छ। हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
