काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले घटेको हो।
आइतबार प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने उकालो लागेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५० रुपैयाँले बढेको छ। आइतबार प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ७२० रुपैयाँ पुगेको छ।